Connect IPS
IME Life

पुससम्ममा ६ अर्ब ५४ करोड माथिको बीमा पोलिसी सरेण्डर हुँदा नेपाल लाइफको सर्वाधिक, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमाससम्ममा ५३ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार पुस महिनासम्म्मा ५३ हजार ११३६ जनाले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये पुस महिनासम्ममा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेण्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पुस महिनासम्ममा राष्ट्रिय बीमा संस्थानको ६ हजार ६०८ जना बीमितहरुले ५८ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ३ हजार ३७ जना बीमितहरुले ४३ करोड २३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । नेपाल लाइफको १५ हजार ४७ जनाले २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका १० सय १२४ जना बीमितहरुले १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका २ हजार ५६ जना बीमितहरुले १९ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ४९ सय जना बीमितहरुले ४२ करोड ३१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका ६५४ जना बीमितहरुले ५ करोड ८७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका ३०७ जना बीमितहरुले ३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका ७८० जना बीमितले ४ करोड ४९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १ हजार ९२ जना बीमितहरुले ६ करोड ९३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका २ हजार ५२८ जना बीमितहरुले ३७ करोड ५४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका ८७५ जना बीमितहरुले ८करोड ८९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ४ हजार ६१५ जना बीमितहरुले ४३ करोड २१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ४९० जना बीमितहरुले ५ करोड ९१ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS