IME Life New

प्रिमियममा आइपीओ निष्कासन गरेका सिटिजन र आइएमई लाइफलाई दाँजेर हेर्दा ! (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका जीवन बीमा कम्पनी हुन्। दुवै कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा चुक्तापुँजी सिटिजन लाइफको ३ अर्ब ७५ करोड रुपैयाँ र आइएमई लाइफको ४ अर्ब रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः सिटिजन लाइफको रिटेनड अर्निङमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको रिटेन्ड अर्निङमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ।

शेयर प्रिमियमः सिटिजन लाइफको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको शेयर प्रिमियममा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।
अन्य इक्विटीः सिटिजन लाइफको अन्य इक्विटीमा ६५ करोड १२ लाख रुपैयाँ र आइएमई लाइफको अन्य इक्विटीमा ५५ करोड ३६ लाख रहेको छ।

जीवन बीमा कोष: जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ। सिटिजन लाइफको जीवन बीमा कोषमा १२ अर्ब ७ करोड रुपैयाँ र आइएमई लाइफको जीवन बीमा कोषमा ७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः सिटिजन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले २ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः सिटिजन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिटिजन लाइफले २७ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने आइएमई लाइफको २० करोड ४४ लाख रुपैयाँ रहेको छ।

खुद नाफाः दोस्रो त्रैमाससम्म सिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आइएमई लाइफले २३ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानीः सिटिजन लाइफको वार्षिक प्रतिशेयर आम्दानी ६.६० रुपैयाँ छ भने आइएमई लाइफको ११.७४ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थ: सिटिजन लाइफको प्रतिशेयर प्रतिशेयर नेटवर्थ १८१.१३ रुपैयाँ छ भने आइएमई लाइफको १७७.२७ रुपैयाँ छ।

(‘उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।’)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS