काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २६ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएके हो ।
त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकताएले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।