काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा संचाक समितिको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेको हो ।
उनले माघ १४ गते नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गरी अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
कम्पनीको माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का संचालकमा निर्विरोध निर्वाचित भएका थिए । सोमध्येबाट कम्पनीमो माघ १२ गतेको सञ्चालक समिति
बैठकले केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेको हो । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गरी सञ्चालकको पदभार ग्रहण गरेका हुन् ।