काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स बनियानी शाखाले कचनकवल गाउँपालिका ६ निवासी चन्द्र कुमारी पराजुलीलाई ५ लाख रुपैयाँ उपचार खर्च हस्तान्तरण गरेको छ । एशियन लाइफ इन्स्योरेन्स प्रदेश १ का प्रदेश प्रमुख रितु प्रधान बनियानी, शाखा प्रमुख मेघ लिम्बू र अभिकर्ताहरु र स्थानीयहरुको उपस्थितमा निजको निवासमा गई रु ५ लाखको चेक हस्तान्तरण गरेको हो ।
उउनले ३ वर्ष अगाडि एशियन लाइफ इन्स्योरेन्सको लोकप्रिय बालबालिकाको बीमा योजना बालभबिस्य प्लस २० वर्षको योजना साथमा सिआई राइडर सहितको योजना लिएका थिए । उनले आफ्नो कान्छो छोरा बीमित सुमन ढकालको नाममा पोलिसी खरिद गरेका थिए ।
सो बीमा योजनामा प्रस्तावकको रूपमा रहदा उनले सिआई राइडर सुबिधा बापत सो रकम पाएका हुन् । बालबालिको बीमा गर्दा एउटै रकममा बच्चा र प्रस्तावको बीमा हुने गर्छ र प्रस्तावकको हकमा प्रस्तावक अशक्त, अपांग,भवितव्य भएमा बाँकी बीमा शुल्क छुट र बच्चालाई बीमाङको १ प्रतिशत माशिक रुपले कम्पनी उपलब्ध गराउने गर्छ।
त्यस्तै, घातक रोग लागेमा बीमांङ बराबरको उपचार खर्च प्रस्तावकलाई प्रदान गर्ने गरिन्छ र सेवासुबिधा अनुसार बीमित सुमन ढकालको प्रस्तावक माता नन्द कुमारी पराजुलीले रु ५ लाख उपचार खर्च पाएकी हुन् ।