IME Life New

माघ १४ गतेबाट जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै प्राधिरकण, यस्तो छ समय तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माघ १४ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको माघ १४ गतेबाट हुने अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो ।

प्राधिकरणले माघ १४ गतेबाट माघ १९ गतेसम्म परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त तालिम माघ १४ गते आइतबार साँझ ४ बजेबाट ५ः३० बजेसम्म, माघ १५ गते पनि साँझ ४ बजेबाट ५ः३० बजेसम्म, माघ १६ गते साँझ ५ बजेबाट ६ः३० बजेसम्म र माघ १७, १८ र १९ गते संचालन गर्ने परीक्षा पनि साँझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।

Esewa
Crest

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS