IME Life New

बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई तत्काल कारबाही गर्न धरान उपमहानगरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

धरान उपमहानगरका मेयर हर्कराज राईले स्वास्थ्य मन्त्रालयमा पत्र पठाउँदै प्राडा कार्कीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्। बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई मन्त्रालयबाट कार्यकारणी समिति (कास)को बैठक तुरुन्त बसाउने निर्देशन पालना नभएको मेयर राईले बताएका छन्।

Esewa
Crest

हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधनजस्ता विषयमा अन्यौलता देखिएको राईले बताए। ‘त्यसैलेल हाल विद्यमान समस्याको समाधान गर्न नसकेकाले प्राडा कार्कीलाई कानुनमुताबिक तुरुन्त आवश्यक कारबाही अघि बढाइदिन उपमहानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS