IME Life New

यति एयरले भित्र्याउन लागेको दुईवटा एटिआरले विमानले पायो दर्ता नम्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी हवाई उडान सेवा प्रदायक यति एयरलाइन्सले बंगलादेशबाट भित्र्याउन लागेको दुईवटा एटिआर ७२ विमानलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले दर्ता नम्बर उपलब्ध गराएको छ। प्राधिकरणबाट यति एयरले  ‘नाइनएन–एओएफ’ र ‘नाइनएन–एओएच’ दर्ता नम्बर पाएको एभिएशनइननेपाल अनलाइनले उल्लेख गरेको छ ।

हालै मात्र एशियन लाइफ इन्स्योरेन्सलाई मुख्य साझेदारका रुपमा भित्र्याएको यति एयरलाइन्सले हवाई सेवा बिस्तारको योजना सहित ब‌ंगलादेशी हवाई सेवा कम्पनी नोभो एयरले प्रयोगमा ल्याएको दुईवटा विमान खरिदको सम्झौता गरेको थियो । नोभो एयरले आफ्ना दुई वटा विमान बेलायतको एयरस्ट्रिम इन्टरनेशनलमार्फत् बिक्री गरेको हो।

Esewa
Crest

नोभो एयरले बिक्री सम्झौता गरेका दुई एटिआर ७२ अन्तर्गतको ५०० सिरिजका विमानहरुको एमएसएन अर्थात् उत्पादकको श्रृ‌खला नम्बर ८०५ र  ८१६ भएको यी S2AHG  र S2AHH दर्ता नम्बरमा बंगलादेशमा उडान गर्दै आएको थियो । यीमध्ये ८०५ को पहिलो उडान २००८ को नोभेम्बर २० तारेख अर्थात् १५ वर्ष २ महिना अघि भएको थियो । यसैगरी ८१६ ले सन् २०१० को अप्रिल २२ मा पहिलो उडान भरेको थियो । यो विमानको १३ वर्ष ७ महिना पुरानो हो ।एयरस्ट्रिम इन्टरनेशनलको आधिकारिक वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले यी दुई जहाजमध्ये एमएसन ८०५ विमान अझै पनि बिक्रीका लागि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS