IME Life New

पुसमा रोजगारीका लागि विदेशिए साढे ६५ हजार नेपाली, यूएई पुगे धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामात्रै साढे ६५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुसमा ६५ हजार ८१३ जना कामका लागि विदेशिएका हुन्। गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशिएका थिए।

Esewa
Crest

यो पुसमा विदेशिनेमा ५९ हजार ७२९ पुरुष र ६ हजार ८४ जना महिला छन्। जसमा नयाँ श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिएका दुवै छन्।

पुसमा कामका लागि जानेमा सबैभन्दा बढी यूएई पुगेका छन्। यूएईका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। जसमा १३ हजार ८६० पुरुष र २ हजार ५२५ जना महिला रहेका छन्।

त्यसपछि साउदी अरेबियामा धेरै नेपाली कामका लागि पुगेका छन्। साउदीमा १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। जसमा १४ हजार २१५ जना पुरुष छन् भने ९२ जना मात्रै महिला छन्।

विभागका अनुसार कतारमा १४ हजार १८ जना, मलेसियामा ८ हजार ९१ जना, कुवेतमा ३ हजार ५१८, कोरियामा १ हजार ४२५, जापानमा १ हजार १९९ जना कामका लागि पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS