Connect IPS
IME Life

नेपाल बीमा प्राधिकरण र त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले यही माघ २ गते काठमाडौंमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशील देव सुवेदी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रा.डा. योगेश रंजित र सहप्रा.डा. रेमश थापा उपस्थित थिए ।

Prabhu
Crest

समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणले बीमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।

देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशिता, बीमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरीवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रका उल्लेख गरिएको छ ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समझदारीबाट देशको बीमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले बीमा सम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले समझदारी अनुरूप बीमा सम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले चार वर्षसम्म समझदारी कायम रहने जनाइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS