IME Life New

शेयर बजारले अपट्रेन्ड समात्न थालेकै हो ? यसो भन्छन् बजार जानकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा पछिल्लो दुई कारोबार दिनमा गतिलै बाउन्स ब्याक भएको छ। आज पनि इन्ट्राडेमा शेयर बजार २२०० विन्दु माथि उक्लिएको छ। राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा लगाउँदै आएको १५० प्रतिशत जोखिम भार घटाएर अहिले १२५ प्रतिशतमा झारेको छ। ब्याजदर पनि निरन्तर घटिरहेको छ। अर्थतन्त्रका सूचकहरु पनि सकारात्मक नै छन्। यिनै कारणले लगानीकर्ताको मनोबल बढ्दै जाँदा शेयर बजारले पनि गति लिन थालेको जानकारहरु बताउँछन्।

बजार जानकार प्रेम ओली अहिले चौतर्फी सकारात्मक माहोल बनेकोले बजार बढ्न थालेको बताउँछन्। चैतसम्म करेक्सन हुँदै बजारले २५०० को विन्दु पार गर्ने सम्भावना रहेको उनको अनुमान छ।

Esewa
Crest

शेयर धितो कर्जाको ब्याजदर अझै डबल डिजिटमा रहेकोले बजारमा सोचेजस्तो पैसा आउन नसकेको ओलीको भनाइ छ। ‘अझै पनि शेयर धितो कर्जाको औसत ब्याजदर १३ प्रतिशत माथि नै छ’, उनले भने, ‘त्यही भएर ठूला लगानीकर्ताले बजारमा पैसा खन्याउन सकेका छैनन्।’

शेयर धितो कर्जाको ब्याजदर सिंगल डिजिट आयो भने बजारमा बुलिस ट्रेन्ड सुरु हुने ओली बताउँछन्। ‘ब्याजदर घटिरहेको छ, ब्याजदर सिंगल डिजिटमा आउन अझै केही महिना पर्खिनुपर्छ’, उनी भन्छन्।

अर्का बजार जानकार सुदीप त्रिपाठी बजारले अपट्रेन्ड लिन सुरु गरेको बताउँछन्। ‘पछिल्लो समय दैनिक कारोबार रकम पनि बढिरहेको छ’, उनले भने, ‘यसले अब बजारले गति लिन थालेको संकेत गर्छ।’

त्रिपाठी पनि ब्याजदर सिंगल डिजिटमा आएपछि मात्रै बजारमा वास्तविक बुल आउने बताउँछन्। ‘अझै पनि शेयर धितो कर्जाको ब्याजदर महँगो छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरुले बैंकबाट कर्जा लिएर बजारमा लगाउन चाहिरहेका छैनन्।’

बजार सेक्टरवाइज चलिरहेकोले पनि सकारात्मक महौल बन्दै जाने अनुमान गर्न सकिने त्रिपाठीको तर्क छ। ‘बैंकिङ सेक्टर पनि चलेमा बजारले झनै गति लिने सम्भावना छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS