IME Life New

पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार, डिजिटल च्यानलहरुबाट एकैदिन १.६ अर्ब बढीको राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस मसान्तको अन्तिम दिनमा रु. ८४ अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौथ गरेको छ।

गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याका आधारमा ६० प्रतिशत र रकमका आधारमा ७० प्रतिशतले वृद्धि भएको हो। एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आइपीएस र आरपीएसमार्फत क्रमशः रु. ४१ अर्ब, रु. १४ अर्ब र रु.२९ अर्बबराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो।

Esewa
Crest

विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपीएसअन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेटपे, बैंक शाखाहरु, मोबाइल बैंकिङ, वालेट तथा एपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ। त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल–आईपीएस र आरपीएसमार्फत रु. १.६ अर्बबराबरको राजस्व संकलन तथा रु. ६.८ अर्बबराबरको सरकारी खर्चसम्बन्धी १ लाख २५ हजारभन्दा बढी भुक्तानी कारोबार भएका छन्। सरकारी भुक्तानीसम्बन्धी कारोबारहरु कनेक्टरआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ तथा वालेटमार्फत गर्न सकिने व्यवस्था रहेको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ।

एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक तथा वित्तीय संस्था तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैरबैंकिङ संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन्। सदस्य बैंक तथा वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखा तथा मोबाइल बैंकिङ प्लेटफर्ममार्फत आफ्ना दुई करोड भन्दा बढी ग्राहकलाई यी सेवाहरु प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS