IME Life New

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइँटेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्दिप लुइँटेललाई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिले गत पुस २९ गते लुइँटेलसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो। सप्तरीको राजविराजनिवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए।

Esewa
Crest

भारतको पुनेबाट एमबीए गरेका लुइँटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन्। भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट÷स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका लुइँटेलले नेपालको पुँजीबजारका बारेमा विशेष दखल राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS