IME Life New

‘कन्टेन्ट क्रिएटर’लाई सम्मान गर्दै अपट्रेन्डली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ। खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो।

अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए। ‘समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं’, सीईओ कार्कीले भने, ‘होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं। यो प्लेटफर्मले स्मार्टफोन र स्मार्ट दिमाग भएकाहरुलाई थप सशक्त बनाउने अपेक्षा गरेका छौं।’

Esewa
Crest

समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो÷भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन्।

प्रतिस्पर्धीहरुलाई कान्तिपुर पब्लिकेसन्स् लिमिटेडका सीईओ महेश स्वा“र, होटल याक एन्ड यतीका महाप्रबन्धक मोनिका शेइब्लाउर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा र ब्लगर मानसी अग्रवालको निर्णयका आधारमा पुरस्कृत गरिने छ। अपट्रेन्डीले यो अभियान कान्तिपुर पब्लिकेसन्स, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS