IME Life New

भारतमा तीन तीन वर्षमा बीमा सम्बन्धी नियमन पुनरावलोकनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आईआरडीएआईले बीमा उद्योगमा भएका परिवर्तनसँगै बीमा सम्बन्धी कानूनहरुलाई समय सापेक्ष बनाई राख्नका लागि तीन तीन वर्षमा पुनरावलोकन गर्ने तयारी गरेको छ।

आईआरडीएआईका अध्यक्ष देवाशिष पाण्डाले अनलाइन समाचार संस्था मिन्टले आयोजना गरेको १६औँ वार्षिक बैंकिङ, फाइनान्सियल सर्भिस एण्ड इन्स्योरेन्स शिखर सम्मेलन र अवार्ड २०२४ लाई सम्बोधनका क्रममा नीतिगत गतिशीलताका लागि नियममा तीन वर्षको अन्तरालमा पुनरावलोकन गर्ने बारे विचार गरिरहेको सार्वजनिक गरेका हुन् ।

Esewa
Crest

पाण्डाले नियामकले नियमको संख्या घटाउने र अहिले नियममा आधारित बीमा उद्योगलाई सिद्धान्तमा आधारित उद्योगमा रुपान्तरण गर्दै लैजाने रणनीति सहित काम गरिरहेकाे बताए । पाण्डाले नियमनलाई प्रभावकारी बनाउनका लागि मार्च महिनाको अन्त्य सम्ममा बीमा उद्योग क्षेत्रका सबै पक्षहरूको लागि कुल ११ वटा एकीकृत नियम जारी गरि सकिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS