IME Life New

नगद बोक्नु नपर्ने भएपछि क्यु आर कोडको लोकप्रियता बढ्दो, वर्षमै साढे २ खर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीमा नगद भोग्नु पर्ने झण्झट व्यहोर्नु नपर्ने भएपछि खुद्रा किनमेलका लागि अभौतिकरुपमा भुक्तानी गर्ने सुविधाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा क्यु आर पेमेण्ट भुक्तानी प्रणालीमार्फत् वर्ष दिनमा झण्डै साढे दुई खर्ब रुपैयाँको लेनेदेन कारोबार भएको छ।

राष्ट्र बैंकले प्रकाशन गरेको पेमेण्ट ओभर साइट रिपोर्ट २०२२।२३ अनुसार गत आव २०७९।८० मा क्यु आर पेमेण्टमार्फत् क्युआर पेमेण्ट मार्फत् २ खर्ब ४५ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको हो। प्रतिवेदन अनुसार  प्रयोग एक वर्षको अवधिमा क्यु आर पेमेण्टबाट भएको कारोबार रकम अघिल्लो आव २०७८।७९ को तुलनामा झण्डै १६० प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

यो अवधिमा कारोबार संख्या पनि झण्डै १९० प्रतिशतले बढ्दा ७ करोड ८० लाख २९ हजार २ सय पटक क्यु आरमार्फत् भुक्तानी भएको छ। यो संख्यालाई आधारमान्दा गत आवमा नेपालमा दैनिक औसत २ लाख १३ हजार पटक क्यु आर मार्फत् पेमेण्ट भएको छ।

बैंक वित्तीय संस्था तथा अभौतिक भुक्तानी सेवा प्रदायकले समेत पसल पसलमा क्यु आर कोड उपलब्ध गराएपछि व्यापारी र सर्वसाधारण दुबैलाई सहज भएको छ। विशेषगरी साथमा नगद बोकेर हिंड्न मन नपराउनेहरुका लागि यो झनै उपयुक्त विकल्पको रुपमा देखा परेको छ। व्यापारीले पनि क्यु आर कोड मार्फत् ग्राहकसँग रकम भुक्तानी लिंदा पारदर्शिता बढाएको छ। एक पटकमा रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मको भुक्तानी सहजै गर्न सकिने भएकाले क्यु आर कोडको लोकप्रियता बढ्दै गएको छ।

बीमा कम्पनीहरुले पनि बीमित र अभिकर्ताको सुविधालाई मध्यनजर गर्दै भुक्तानी कारोबारमा क्यु आर कोडको प्रयोगलाई प्रामथिकता दिएका छन् । क्यु आर कोडको प्रयोगबाट बीमकको काउण्टरमा बीमाशुल्क भुक्तानीका लागि गएका बीमितले सिधै बीमकको बैंक खातामा भुक्तानी गरिदिने सुविधा पाएका छन् । यसबाट बीमितको रकम तेश्रो पक्षले ठग्ने वा दुरुपयोग गर्ने संभावना पनि न्यून भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS