IME Life New

सरकारलाई प्राधिकरणका कर्मचारीहरुको चुनौतीः ‘महसुल नतिर्ने उद्योगहरुको लाइन जोडिएमा फेरि काट्न बाध्य हुन्छौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन जोडिएमा फेरि काटिदिने सरकारलाई चुनौती दिएका छन्।

कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ आधिकारिक ट्रेड युनियनले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई संयुक्त ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चुनौती दिएका हुन्। ‘डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा व्यवस्थापनलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न हामी सदा तत्पर रहने छौं’, ध्यानाकर्षणपत्रमा भनिएको छ।

Esewa
Crest

देश चरम विद्युत अभावको अवस्थामा रहँदा समेत विद्युत प्राधिकरणवाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगीहरुले विद्युत शक्तिको प्रयोग गरी उत्पादन भएका वस्तु तथा सामग्री आमउपभोक्ता वर्गले सस्तोमा प्रयोग गर्न नपाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ। ‘त्यस्ता डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युतउपभोग गर्ने उद्योगीहरुले भुक्तानी गर्नुपर्ने विद्युत महसुलको विषय विगत लामो समयदेखि विवाद गरेर विभिन्न शक्ति केन्द्रहरुको प्रयोग गरी/गराई महसुल नतिर्ने प्रपञ्चप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ’, ध्यानाकर्षणपत्रमा भनिएको छ।

नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली २०७८ अनुसार मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिनेछ भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार ६० दिनभन्दा बढी समय विद्युत महसुल नतिर्ने आम विद्युत उपभोक्ताको लाइन काटी प्राधिकरणले विद्युत महसुल असुलउपर गर्दै आएको छ। ‘त्यसैले आमउपभोक्तालाई अन्धकारमा राखी डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत चौबीसै घन्टा विद्युत उपभोग गर्ने उद्योगीहरुले भुक्तानी गर्नुपर्ने विद्युत महसुल अविलम्ब भुक्तानी गर्नु गराउनु हुन तथा लाई काट्न बाँकी रहेका त्यस्ता उद्योगहरुको लाइन काटी नियमानुसार विद्युत महसुल असुलउपर गर्नसमेत जोडदार माग गर्दछौँ’, पत्रमा चुनौती दिँदै भनिएको छ, ‘यसका साथै सम्मानित अदालतले समेत विद्युत महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा समेत हाल नेपाल सरकारले विद्युत महसुल रकम नबुझाई उद्योगहरुको लाइन जोड्ने निर्देशन दिइएको भन्ने बुझिन आएकोले सो लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरुको लाइन काट्न बाध्य हुनेछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS