काठमाडौं । शेयर बजारमा आज झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा बन्द भएको छ।
सामान्य घटेको बजारमा सवा ४ अर्ब बढीको कारोबार भएको छ। आज १२१ वटा कम्पनीको शेयरभाउ बढ्दा ११७ कम्पनीको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।
आज हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन बैंकको संस्थापक शेयरः २३ करोड ८५ लाख रुपैयाँ
- नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरः १९ करोड ६० लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १६ करोड ८० लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः १२ करोड ९९ लाख रुपैयाँ
- सानिमा मिडिल तमोरः १० करोड १९ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः ९ करोड ६३ लाख रुपैयाँ
- अरुण काबेली पावरः ८ करोड २४ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ७ करोड ९५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ७ करोड ९३ लाख रुपैयाँ
- निफ्राः ७ करोड ७८ लाख रुपैयाँ