IME Life New

प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको नियुक्ति नै अवैध रुपमा स्वीकृत गरेको तथ्य प्रकाशमा आएको छ।

बीमा ऐन २०७९ मा दफा ५७ को ५ (च) मा बीमकसँग ”वित्तीय स्वार्थ” भएको व्यक्ति प्रमुख कार्यकारी नियुक्त हुन अयोग्य ठहरिने प्रावधान छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा भट्टराईको ”वित्तीय स्वार्थ” भएकाले उनी प्रथम् दृष्टीमै अयोग्य ठहरिने भएपनि प्राधिकरणले निजलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि स्वीकृति दिएको हो ।

Esewa
Crest

बीमा ऐन २०७९ को परिभाषा खण्ड अन्तर्गत बुँदा नम्बर ‘स’ मा बीमकको सञ्चालक वा आधारभूत शेयर धनी वा  प्रमुख कार्यकारी अधिकृत वा निजको एकाघरको परिवारको सदस्यलाई ”वित्तीय स्वार्थ” भएका व्यक्तिको परिभाषा भित्र समेटिएको छ। प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईकी छोरी ऋचा भट्टराई प्रभू महालक्ष्मी लाइफको शेयर धनी हुन् । रमेश भट्टराईकी छोरी ऋचाको नाममा प्रभू महालक्ष्मी लाइफको ९७ हजार ५ सय कित्ता संस्थापक शेयर छ ।

”मेरो विवाहित छोरीको नाममा शेयर भएको तथ्यमा केही छिपाउनु छैन”,वित्तीय स्वार्थ सम्बन्धी इन्स्योरेन्स खबरको जिज्ञासामा भट्टराईले भने,”प्राधिकरणले सबै थाहा पाएरै दिएको हो, वित्तीय स्वार्थ भए प्राधिकरणले किन नियुक्ति दियो ?”

भट्टराई अहिले सबै दोस प्राधिकरण र संचालक समितिलाई थोपरेर आफु पानि माथिको ओभानो बन्न खोजेका छन्।  अन्तरिम स्वीकृति लिँदा  संगै पढेको साथीको भाईको नाता लगाई  बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल  समक्ष पुगी रहन्थे। सिलवाललाई सबै सम्झौतामा मेरो नाम छ अहिले दिएनि पछि दिएनि म नै सीईओ हुने हो भन्दै फकाएर नियम प्रक्रिया मिच्न लगाई स्वीकृति हात पारेका थिए।

भट्टराईको नियुक्ति सम्बन्धी जिज्ञासामा प्राधिकरणका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, त्यहाँ केही कुराहरू नमिलेकै हो,ऐनको प्रावधान नै नजर अन्दाज गरेर नियुक्तिको स्वीकृति दिनु हुँदैन थियो यहाँ बाट गल्ति भएकै हो।

बीमा ऐनको परिभाषा खण्डमा ”एकाघर परिवार”को व्याख्यामा सम्बन्धित व्यक्तिको पति वा पत्नी छोरा बुहारी छोरी धर्मपुत्र पुत्री बाबु आमा सौतेनी आमा र आफूले पालन पोषण गर्नुपर्ने वा आफूलाई पालन पोषण गर्ने अन्य व्यक्ति सम्झिनुपर्छ भन्ने स्पष्ट लेखिएको छ।

स्मरण रहोस् एकाघर परिवारको परिभाषा भित्रै व्यापारी कमलेश अग्रवाल र उनको छोरा जयन्त कुमारलाई प्राधिकरणले समान किसिमको कारोबार गर्ने जीवन बीमकको सञ्चालक समितिबाट दुई मध्ये एकजनालाई राजीनामा दिन निर्देशन दिएको थियो । परिणामतः कमलेश अग्रवाल नेपाल लाइफको सञ्चालक पदमा कायमै रहे भने उनका छोरा जयन्त कुमारलाई अर्को जीवन बीमा कम्पनीको सञ्चालक पदबाट राजीनामा दिन बाध्य पारे ।

भट्टराईको नियुक्तिमा अरु पनि छ गोलमालः

साबिक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिनका लागि २०७९ असार ३० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीलाई आपसमा गाभिएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गर्न नेपाल बीमा प्राधिकरणले २०८० जेठ २९ गते अन्तिम स्वीकृति दियो।प्राधिकरणको स्वीकृति पश्चात् दुबै कम्पनीले २०८० असार ३ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरे ।  २०८० असार २९ गतेबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु भयो।

एकीकृत कारोबार शुरु भएसँगै सञ्चालक समितिले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष पदमा शिक्षा भट्टचनलाई चयन गरेपछि उनले साउन २ गते प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिइन् । नव नियुक्त सञ्चालक समितिको साउन ३ गतेको सञ्चालक समितिको बैठकले भट्टराईको तलब सुविधा निर्धारण गरी स्वीकृतिका लागि  प्राधिकरण समक्ष सिफारिश गरेको थियो । तर नियुक्ति भन्ने शब्द राखिएन ? यहीँ नै गम्भिर त्रुटी भएको देखिन्छ ?   त्यसअघि नै आफ्नो अधिकार क्षेत्र नाघेर मर्जर कमिटी सचिव कमल पन्थीले २०८० असार १५ गते नै प्राधिकरणलाई पत्र लेख्दै भट्टराईको नियुक्ति स्वीकृतिको लागि पत्र पठाएका थिए । पन्थीले मर्जर कमिटीको निर्देशन बिना नै भट्टराईको अनुचित प्रभावमा परेर  प्राधिकरणलाई पत्र लेखेका थिए ।

 

एकीकृत सञ्चालक समितिबाट सिफारिश आउनु अघि नै प्राधिकरणले हतारिंदै अन्तरिम प्रमुख कार्यकारी अधिकृतको हैसियतमा भट्टराईको नियुक्तिका लागि असार १९  गते स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%
happy

खुसी

8%
sad

दु :खी

0%
amazed

अचम्मित

15%
excited

उत्साहित

46%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS