IME Life New

आठ महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ४३ अर्ब, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)सम्म वाणिज्य बैंकहरुले करिब साढे ४३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा २.८१ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। नाफा वृद्धिको हिसाबले नेपाल बैंक अगाडि रहेको छ।

चालु वर्षको फागुनसम्म नबिलले ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १.३४ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३७.७६ प्रतिशतले बढेको छ।

सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ४५.६८ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको फागुननसम्म एभरेष्ट बैंकले ३ अर्ब ८८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा ३१.१९ प्रतिशत, नेपाल बैंकको १३२.९० प्रतिशत र एनएमबि बैंकको ४१.११ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १३.३२ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको फागुसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.१० प्रतिशत, प्रभु बैंकको ३९.६५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.४५ प्रतिशतले बढ्दा राष्ट्रिय वाणिज्य बैंकको ४०.०९ प्रतिशतले घटेको छ।

त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म सानिमा बैंकले १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। सानिमा बैंकको नाफा १.११ प्रतिशतले बढ्दा हिमालयन १४.३० प्रतिशतले घटेको छ।

फागुनसम्म नेपाल एसबीआई बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड २२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १६ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकले ९६ करोड ९१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नेपाल एसबीआई बैंकको नाफा बढ्दा बाँकीको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS