IME Life New

डढेलो नियन्त्रणमा चुक्दा काठमाडाैं बाहिरका शहरहरू पनि वायू प्रदुषणको चपेटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातारको वन डढेलो, सुख्खा मौसम र स्थिर वायूमण्डलीय अवस्थाका कारण प्रदुषित वायूले अब काठमाडौँ उपत्यकामा बाहिरका वस्तीहरू पनि छोप्दै गएको छ।

सरकारको विपद पोर्टलमा मंगलबार राखिएको सूचना अनुसार पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको अछामसम्म वायू प्रदुषणको मापन एक्युआइ १५० भन्दा माथि नाघेको छ। पाँचथर, दाङ्ग, भरतपुर, धनगढी, अछाम, भक्तपुर र ललितपुरको आकाशमा तुवाँलोले घेरिएको छ। काठमाडाैं बाहिरका ठाउँहरूमा नजिकैको वनमा लागेको डढेलोले वायू मण्डलमा प्रदुषण फैलिएको हो।

Esewa
Crest

सोमबार मात्र, सरकारको विपद पोर्टलले देशभर २०० भन्दा बढी वन डढेलोका घटनाहरू र २५८ आगलागीका घटनाहरू रेकर्ड गरेको छ। रेकर्ड अनुसार तीन जनाको मृत्यु भएकोमा एकजनाको आगलागीका कारण र बाँकी दुईजनाको वन डढेलोसँग सम्बन्धित घटनाहरूबाट मृत्यु भएको हो ।

आफ्नै वायु प्रदूषण बाहेक, डढेलोबाट निस्कने धुवाँ पनि काठमाडौं उपत्यकामा रूम्मलिएको छ, जसले गर्दा यसको प्रदूषण समस्या बढ्दै गएको छ। काठमाडौँको शंखपार्कमा, सोमबार एक्युआइ २१३ मा पुग्यो – जुन स्तर “धेरै अस्वास्थ्यकर” मानिन्छ। भक्तपुर र रत्नपार्कले १९० भन्दा बढी एक्युआइ सँग नजिकबाट पछ्याए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, उपत्यका विगत ९० दिनमध्ये ७५ दिन प्रदूषित हावाबाट पीडित भएको छ। यसको मुख्य कारण वन डढेलो, सवारी साधन उत्सर्जन, सडकको धुलो, निर्माण गतिविधिहरू, र स्थिर मौसम अवस्था हुन्।

खराब माैसमका कारण जहाज अवतरण हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभर दृश्यता घटेकोले उडानहरू ढिलाइ भएको वा अन्यत्र पठाइएका छन्।

राजनीतिक दलको प्रदर्शन, शिक्षक संगठनको प्रदर्शन, सहकारी र लघुवित्त पीडितको प्रदर्शनले काठमाडाैं शहरको सडकमा मानिसको भीडभाड बढाएको छ। प्रदर्शनीका कारण अस्तव्यस्त उपत्यकाको ट्राफिक व्यवस्थापनले सवारी जामले अवस्थालाई झनै खराब बनाएको छ, जसले गर्दा सर्वसाधारणहरू लामो समयसम्म बाहिरी वायु प्रदूषणको चपेटामा परेका छन्।

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा छोटो वर्षा वा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ, जसले तुवाँलो कम गरेर अस्थायी राहत प्रदान गर्न सक्छ। बागमती, गण्डकी र लुम्बिनीका केही भागहरूमा छोटो वर्षाको पूर्वानुमान गरिए पनि, मौसमविद्हरूले यो पर्याप्त नहुन सक्ने चेतावनी दिएका छन्। एक छिनको पानीले धुलो कम गर्ने वा तुवाँलो उल्लेखनीय रूपमा हटाउने सम्भावना छैन।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई घर भित्रै बस्न, मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट बच्न आग्रह गरेको छ। दबाव बढ्दै जाँदा, काठमाडौँमा स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारलाई आह्वान बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS