IME Life New

पुस २४ गतेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्रतिफल सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुस २४ गते संचालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको प्रतिफल सार्वजनिक गरेको छ । पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका छन् । यससँगै हालसम्म ३ हजार ४८ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन् ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Esewa
Crest

यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना, चौथो चरणमा २१५ जना, पाँचौँ चरणमा ३५९ जना, छैटौँ चरणमा २११ जना, सातौँ चरणमा २८८ जना गरी १ हजार ५८४ जना, आठौँ चरणमा २१६ जना र नवौँ चरणमा ३६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरिसकेका छन् ।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्थाबमोजिम बीमा मध्यस्थकर्ता ९अभिकर्ता०को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

Agent-Exam-2080-09-24_20240110_0001

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS