IME Life New

बैंकहरुमा लगानी गर्दै बीमा प्राधिकरण, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले आज पुस २५ गते एक सूचना प्रकाशित गरी वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको हो।

इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आवश्यक विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ। पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

Esewa
Crest

इच्छुक बैंकहरुले अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति (एनपीए), बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो), स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषलगायत विवरण पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS