IME Life New

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्।

खनालले आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएका हुन्। प्राधिकरणबाट भए गरेका कामहरुका विषयमा थुप्रै विवाद उत्पादन भएपछि खनालले राजीनामा दिएको स्रोत बताउँछ।

Esewa
Crest

खनाल २०७६ साउनमा प्राधिकरणको अध्यक्ष भएका थिए। उनको कार्यकाल आउँदो साउनमा सकिन्थ्यो।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता तथा स्मार्ट सेलको खारेजी र एनसेलको सेयर खरिदबिक्रीजस्ता मुद्दाका विषयमा खनाल विवादमा तानिएका थिए। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि खनालले राजीनामा दिएका हुन्’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS