IME Life New

कर्णाली प्रदेशमा ३०.५९%ले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा घरजग्गा कारोबार घट्दा राजस्व संकलनमा संकुचन आउको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रदेशस्तरीय आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो। समीक्षा वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्यामा ३०.५९ प्रतिशतले ह्रास आएको छ । गत वर्षमा सो संख्या २१.९० प्रतिशतले वृद्धि भएको थियो।

Esewa
Crest

समीक्षा वर्षमा घर–भवन नक्सापास संख्या ५.२६ प्रतिशतले घटेको छ भने गत वर्षमा सो संख्या २.२६ प्रतिशतले घटेको थियो।

त्यसैगरी समीक्षा वर्षमा घरजग्गा रजिस्टे«सनबापतको राजस्व घटेर रु. ३७ करोड ३७ लाखमा झरेको छ।

अघिल्लो वर्षमा सरकारले जग्गाको वर्गीकरण गर्ने उद्देश्यले केही समय जग्गाको कित्ताकाटमा कडाइ गरेको कारण घरजग्गा कारोवारमा कमी आई राजस्व संकलनमा ह्रास आएको थियो । सरकारले जग्गाको कित्ताकाटमा खुला गरेसँगै राजस्व संकलन अघिल्लो वर्षभन्दा केही सकारात्मक देखिएको छ । आगामी दिनमा राजस्व संकलनमा अझै सुधार हुने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS