काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २६.३६ अंकले घटेर २०२२.९२ को विन्दुको झरेको छ।
घटेको बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन ८१ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ भने ६ वटाको स्थिर रहेको छ।
आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी
- सोनापुर मिनरल्सः २८ करोड रुपैयाँ
- हाथेव इन्भेस्टमेन्टः १९ करोड ९४ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः १५ करोड ९० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६८ लाख रुपैयाँ
- सिनर्जी पावरः ११ करोड ९२ लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ४२ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः १० करोड ५२ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः ९ करोड ६२ लाख रुपैयाँ
- सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड १४ लाख रुपैयाँ
- सगरमाथा जलविद्युतः ८ करोड ९५ लाख रुपैयाँ