IME Life New

महँगी र ब्याजदर बढ्नुले कोशी प्रदेशमा ३६.६%ले घट्यो घरजग्गाको कारोबार, राजश्व भने २१.६%ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा घरजग्गाको कारोबार घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रादेशिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो। समीक्षा वर्षमा घरजग्गा कारोबारमा आएको गिरावट र निर्माणका लागि प्रयोग हुने सामग्रीको मूल्यवृद्धि उच्च रहेको तथा बैंकहरुको कर्जाको औसत ब्याजदरसमेत वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा घर नक्सापास संख्या घटेको देखिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा समीक्षा आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.६ प्रतिशतले घटेको छ भने घरजग्गा रजिस्ट्रेसनबापतको राजस्वमा २१.६ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ५६ करोड संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्या १२.७ प्रतिशतले बढेको थियो भने रजिस्ट्रेसनबापतको राजश्व ३७.४ प्रतिशतले कमी भई रु.३ अर्ब ७६ करोड संकलन भएको थियो।

Esewa
Crest

समीक्षा आर्थिक वर्षमा सरकारले भूउपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेपश्चात् जग्गाको कित्ताकाटमा रोक लगाएको थियो। समीक्षा आर्थिक वर्षको अन्त्यतिर मात्र अधिकांश स्थानीय तहहरुले भू–उपयोग नियमावली २०७९ अनुसार जग्गाको वर्गीकरण गरी जग्गाको कित्ताकाट सुचारु गरेकाले घरजग्गा रजिस्ट्रेशनको संख्यामा कमी आएको देखिन्छ। मालपोत कार्यालयहरुमा पब्लिक एसिस मोडुल लागू भई जग्गाको खरिद बिक्रीबाट राजश्वमा हुने चुहावटमा कमी आउनुका साथै मालपोत कार्यालयले जारी गर्ने घरजग्गाको मूल्यांकनमा भएको वृद्धिका कारणले घर जग्गाको रजिस्ट्रेसन राजश्वमा वृद्धि भएको देखिन्छ।

समीक्षा वर्षमा घर/भवन स्थायी नक्सा पास संख्या ३६.६ प्रतिशतले घटेको छ । अघिल्ला वर्ष यस्तो संख्या ०.४ प्रतिशतले बढेको थियो।
जिल्लागत आधारमा ओखलढुंगा जिल्लामा घर नक्सापास सबैभन्दा बढी २५.७ प्रतिशतले बढेको छ भने तेह्रथुम जिल्लामा सबैभन्दा बढी शतप्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS