IME Life New

१४ वटा हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । कालिका पावर, राद्यी विद्युत कम्पनी, सुपर मादी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, विन्ध्यावासीनि हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, बुटवल पावर, मन्दकिनी हाइड्रोपावर, भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सेञ्चुरी इनर्जी, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोशन शेयर र कर प्रयोजनको लागि ० दशलमव ५२६३ नगद गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपरले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सेञ्चुरी इनर्जीले १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । चिलिमे हाइड्रोले १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

त्यस्तै, भगवती हाइड्रोपावरले १० दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । मन्दकिनी हाइड्रोपावरले ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बुटवल पावरले ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

रुरु जलविद्युत कम्पनीले १० दशलमव ५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । विन्ध्यावासीनी हाइड्रोपावरले ५ दशमलव २६ प्रतिशत नगद लाभांश, सेक्लेस हाइड्रोले ६ प्रतिशत नगद लाभांश, सुपर मादी हाइड्रोले २ प्रतिशत नगद लाभांश, राद्यी विद्युत कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश, कालिका पावरले १० प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

56%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS