IME Life New

यही हुन् आज उच्च कारोबार गर्ने ५ ब्रोकर, कसको खरिद–बिक्री कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार ३०.०५ अंकले घटेको छ। नेप्से परिसूचक आज २०३०.१० को विन्दुमा बन्द भएको छ।

आज बजारमा ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। बजार घट्दा ३७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २०५ कम्पनीको शेयरभाउ घट्दा ३ वटाको स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)बाट उच्च कारोबार भएको छ। यो ब्रोकरबाट २९ करोड ९९ लाख रुपैयाँ बढीको शेयर खरिद भएको छ भने २६ करोड ८४ लाख रुपैयाँ बढीको शेयर बिक्री भएको छ। यो ब्रोकरबाट शेयर खरिद बढी देखिएको छ।

उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) दोस्रो नम्बरमा रहेको छ। यो ब्रोकरबाट आज १३ करोड ९ लाख रुपैयाँ शेयर खरिद भएको छ भने २० करोड ६२ लाख रुपैयाँ बढीको शेयर बिक्री भएको छ। यो ब्रोकरबाट शेयर बिक्री बढी देखिएको छ।

आज तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट पनि शेयर खरिद बढी भएको देखिएको छ। यो ब्रोकरबाट १८ करोड ३ लाख रुपैयाँ शेयर खरिद हुँदा १३ करोड ८१ लाख रुपैयाँको बिक्री भएको छ।

सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) उच्च कारोबार ब्रोकरको सूचीमा चौथो स्थानमा रहेको छ। यो ब्रोकरबाट शेयर बिक्री बढी भएको छ। यो ब्रोकरबाट १४ करोड ९४ लाख रुपैयाँको शेयर बिक्री हुँदा १४ करोड ६३ लाख रुपैयाँ शेयर खरिद भएको छ।

पाँचौँ स्थानमा अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरबाट पनि शेयर बिक्री धेरै भएको छ। अनलाइनबाट १६ करोड ५ लाख रुपैयाँको शेयर बिक्री हुँदा ११ करोड ७५ लाख रुपैयाँ शेयर खरिद भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS