काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएका छ । आज यस कम्पनीको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सिटिजन लाइफको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ७ दशलमव १८ प्रतिशतका दरले गुमाएका छन् ।