IME Life New

वर्ष २०२३ सुनमा लगानी गर्नेहरुका लागि फलिफाप, एक वर्षमा पाए करिब १९% रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सुनमा लगानी गर्नेहरुले एक वर्षमै करिब १९ प्रतिशत रिटर्न पाएका छन्।

नेपाली बजारमा आज पुस १५ गते छापावाल सुनको भाउको प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ। गत वर्ष पुस १५ गते प्रतितोला छापावाल सुन १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ थियो।

Esewa
Crest

यस हिसाबले यो एक वर्षमा सुनमा लगानी गर्नेहरुले तोलामा १८.८३ प्रतिशत अर्थात १९ हजार १०० रुपैयाँ रिटर्न पाएका छन्।

त्यसो यो वर्ष मंसिरमा सुनको भाउ नयाँ कीर्तिमान कायम गरेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यो वर्ष चाँदीमा लगानी गर्नेहरुले भने ४.३१ प्रतिशत रिर्टत अर्थात ६० रुपैयाँ कमाएका छन्। गत वर्ष पुस १५ गते प्रतितोला १ हजार ३९५ रुपैयाँ रहेको चाँदीको भाउ आज पुस १५ गते १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS