IME Life New

वर्ष २०२३ मा ८ कम्पनीले पाए हकप्रद ल्याउने अनुमति, एउटाबाहेक सबै जलविद्युत कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२३ मा ८ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट हकप्रद निष्कासनको अनुमति पाएका छन्।

यो वर्ष हकप्रद निष्कासनको अनुमति पाउनेमा ७ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी छन्। वर्ष २०२३ मा हकप्रदको अनुमति पाउने पहिलो कम्पनी बन्यो हिमालय दोलखा हाइड्रोपावर कम्पनी । यो कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद ल्याउन अनुमति पायो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद बिक्री गरिसकेको छ।

Esewa
Crest

हिमालपछि नेसनल हाइड्रोपावर कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पायो। यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद बिक्री गरिसकेको छ।

यसैगरी अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट, अपर तामाकोशी हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स, घलेम्दी हाइड्रोपावर र सिंगटी हाइड्रो इनर्जीले पनि यो वर्ष हकप्रद निष्कासनको अनुमति पाएका छन्।

अंकित मूल्य १०० रुपैयाँमा अरुण काबेलीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता, सिनर्जी पावरले ४० लाख ३२ हजार ८७५ कित्ता, अपर तामाकोशीले १० करोड ५९ लाख कित्ता र मल्टीपर्पस फाइनान्सले १५ लाख ८२ हजार कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई बिक्री गरिसकेका छन्। अरुण काबेलीले चुक्तापुँजीको १०० प्रतिशत, सिनर्जीले ५० प्रतिशत, अपर तामाकोशीले १०० प्रतिशत र मल्टीपर्पसले ३५ प्रतिशत हकप्रद ल्याएका थिए।

घलेम्दी हाइड्रोपावरको हकप्रद शेयर अहिले बिक्री खुला भइरहेको छ। यो कम्पनीले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आफ्ना शेयरधनीहरुलाई १ करोड १० लाख कित्ता शेयर बिक्री खुला गरिसकेको छ। यो हकप्रदमा आउँदो पुस १६ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

उता सिंगटी हाइड्रोले हालै चुक्तापुँजीको १०० प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS