IME Life New

यो साता पूरै दिन बजार घटे पनि केही बीमा कम्पनीमा लगानीकर्ता मालामाल ! (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता सार्वजनिक बिदाका कारण तीन दिनमात्र खुलेको शेयर बजार तीनै दिन घटेर बन्द भएको छ। तीन दिन बजार घटेर बन्द भए पनि यो साता केही बीमा कम्पनीको शेयरमूल्य भने आकर्षक रुपमा बढेका छन्।

जीवन बीमातर्फ १२ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य गत साताको तुलनामा बढेको छ। आइएमई लाइफ, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सिटिजन लाइफको शेयर मूल्य वृद्धि भएको छ भने अरु सबैको घटेको छ। गत सातको तुलनामा आइएमई लाइफको बजारमूल्य सर्वाधिक ७.१३ प्रतिशतले वृद्धि भएको छ। गत साता ५६६.६६ रुपैयाँमा कम्पनीको बजारमूल्य बन्द भएकोमा यो साता ६०७ रुपैयाँ प्रतिकित्ता बजारमूल्य बन्द भएको छ।

Esewa
Crest

त्यस्तै निर्जीवन बीमातर्फ १२ कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ। गत साताको तुलनामा यो साता प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको शेयरमूल्य वृद्धि भएको छ। शेयरमूल्य वृद्धि भएका कम्पनीमध्ये पनि प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ७.४५ प्रतिशतले वृद्धि भएको छ। गत साता ८१९ रुपैयाँ प्रतिकित्ता बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८८० रुपैयाँ प्रतिकित्ता बजारमूल्य बन्द भएको छ।

त्यस्तै नेप्सेमा अहिलेसम्म सूचीकृत एकमात्र पुनर्बीमा कम्पनीको शेयरमूल्य भने यो साता घटेको छ।

यो साता नेप्से परिसूचक करिब २ प्रतिशतले घटेको छ। गत साता २१०९.१० विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २०६८.९० विन्दुमा बन्द भएको छ। घटेको बजारमा निर्जीवन बीमा समूहको परिसूचक करिब २ प्रतिशतले वृद्धि भएको छ भने जीवन बीमा समूहको परिसूचक ०.९४ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS