IME Life New

सूर्यज्योति लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय आक्रमण ढंगले व्यापार विस्तार गरिरहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खुलेको छ। कम्पनीमा ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटमा जागिर खुलेको हो। देशका विभिन्न स्थानमा रहेका शाखाका लागि यी दुई पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ।

ब्रान्च म्यानेजरका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ।

Esewa
Crest

यसैगरी सेल्स एक्जिक्युटिभका लागि कम्पनीमा प्लस टु (प्रमाणपत्र तह) उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

यी दुवै पदका लागि जीवन बीमा कम्पनीमा काम गरेका लागि उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन पुष २९ गते सम्म दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

32%
happy

खुसी

5%
sad

दु :खी

21%
amazed

अचम्मित

42%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS