Connect IPS
IME Life

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री

SPIL
NIC ASIA new
Sanima Reliance

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन्।

सत्रौँ चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चारगुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

Prabhu
Crest

अर्थतन्त्रको आवश्यकताअनुसार समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर आफूहरुले निरन्तर पहल गरेको मन्त्री महतले बताए। ‘अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ’, उनले भने, ‘उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको छ।’

कार्यक्रममा मन्त्री महतले चितवन गतिशील जिल्ला भएका बताए। यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको उल्लेख गर्दै महतले भने, ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको छ । उनीहरुको संरक्षणमा सरकार कटिबद्ध छ ।’

मन्त्री महतले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गरेका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा भूमिका खेलेको बताए। ‘यो ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएकै हो’, उनले भने, ‘२०४६ पछि चितवनले विकासको फड्को मारेको छ। यसैमा खुशी हुने अवस्था भने छैन। हाम्रा आवश्यकताहरु परिवर्तित हुँदै छन् । सँगसँगै महत्वकोक्षा वृद्धि हुँदैछ । परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाहरुअनुरुप हामीले डेलिभरी दिनुपर्छ।’

अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक हुँदै गएको महतले बताए। ‘अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ’, उनले भने।

‘शेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ’, उनले भने, ‘बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।’

नागरिक समाज, संचारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकरात्मक डिकोर्सको आवश्यकता रहेको महतले औंल्याए। ‘यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकरात्मक भाष्य त्यागेर सकरात्मकतर्फ लाग्नुपर्छ’, उनले भने, ‘तथ्यांकले अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको छ।’

‘नेपालको जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउँछ । अवसर यही छ, युवाहरुले सुष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ’, उनले भने, ‘यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यही छ ।’

‘पूर्वपश्चिम राजमार्ग अब ६ लेनको बन्दैछ । यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्नेछ’, महतले भने। हेटौँडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौँबाट डेढ घन्टामै पूर्वचितवन आइपुगिने उनले बताए।

‘निकुञ्ज र यस वरिपरी बस्ने जनताको भविष्यसँग जोडिएको छ । दुवैको विकास सँगसँगै जानुपर्छ । निकुन्ज जनताका लागि र जनता निकुन्जका लागि भन्ने मान्यता सरकारले अगाडि बढाउँछ’, महतले भने, ‘२०२९ सालको ऐन परिवर्तन हुन्छ, निकुन्ज र पर्यावरणको नाममा आएको पैसा एड्भोकेशी र रिर्पोट तयार गर्ने नाममा उत्तै फर्किन्छ । अब एड्भोकेशी र रिर्पोटको थप आवश्यकता छैन । निकुन्ज र पर्यावरणको नाममा आएको पैसा उतै जाने विधि हामी मान्दैनौँ।’

वन्यजन्तु तीनगुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको मन्त्री महतले बताए। ‘संरक्षणका लागि आएको पैसा वन्यजन्तु र मानिसको जनजीविकामा खर्च हुनुपर्छ’, उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जंगल छ । केही वर्षको अन्तरालमा हामीले २७ बाट हामीले ४५ प्रतिशत पुर्याएका हौं । विदेशी सहयोगले जंगल वृद्धि भएको होइन, हाम्रो सामुदायिक वनको अवधारणाले वृद्धि भएको हो ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS