IME Life New
GBIME

एनसीएचएलको १५औं वार्षिकोत्सवः सात कर्मचारीलाई ‘लंग सर्भिस अवार्ड’, नेप्ससँग मर्जरको समझदारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ। गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमसिना, नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षहरु तथा नेपाल वित्तीय संस्था संघका फस्ट भाइस प्रसिडेन्ट, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरु, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, पीएसपी, पीएसओका प्रमुख, एनसीएचलका पूर्वअध्यक्षहरु तथा निवर्तमान सञ्चालक, वर्तमान अध्यक्ष र सञ्चालक तथा कर्मचारीको उपस्थितिमा काठमाडौंमा पुस ८ गते औपचारिक कार्यक्रम आयोजना गरी मनाइएको थियो।

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा २०६५ पुस ८ गते एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो। एनसीएचएल पब्लिक प्राइभेट पार्टनरसिप मोडेलको अवधारणमा राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको रु. ९ करोडभन्दा कमको पुँजीबाट सुरु भएको हो।

Crest

एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल–ईसीसीको सुरुआत गरेरपछि राष्ट्र बैंकको रणनीतिअनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरु सञ्चालनमा ल्याएको छ। विगत १५ वर्षको यात्रामा एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र नेपालपे क्यूआर कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ। हाल नेसनल पेमेन्ट स्विच(एनपीएस) अन्तर्गत नेसनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड योजना कार्यान्वयन गर्ने क्रममा रहेको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यारत आफ्ना सात कर्मचारीलाई उनीहरुको एनसीएचलएलप्रतिको समर्पणका लागि ‘लंग सर्भिस अवार्ड’प्रदान गरेको छ। गभर्नर अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यबाट पछिल्लो ३ आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्स र खल्तीलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्सन’ अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणालीमार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को मर्जर तथा एक्विजिसन गर्नका लागि समझदारीपत्र आदान–प्रदान भएको घोषणा समेत गरिएको थियो। दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजकद्वय र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको थियो।

एनसीएचएल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त संस्था हो। यसको सञ्जालमा प्रत्यक्ष सदस्यका रुपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्था र प्राविधिक सदस्यका रुपमा ९५ भन्दा गैरबैंक संस्था छन्। एनसीएचएलको प्रणालीहरुबाट रकमका आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रा नन–क्यास कारोबार प्रशोधन भइरहेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS