IME Life New

भाइबरमार्फत बससेवाको टिकट काट्दा १००% क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।

अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले सतप्रतिशत क्यासब्याक पाउनेछन्। यो अफर पुस १६ गतेसम्म सञ्चालन हुनेछ। योसँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन्। बससेवा र भाइबरकोबीचमा केही महिना अगाडिमात्र साझेदारी भएको थियो।

Esewa
Crest

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ। अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ। हामी नेपालको सार्बजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ।’

यो अफरका विषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ।’

राकुटेन भाइबर विश्वको अग्रणी सञ्चार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ। बससेवा नेपालको एकमात्र बस टिकटिङ संस्था हो। जसबाट नेपालका कुनै पनि गन्तव्यमा अनलाइनमार्फत टिकट काट्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS