IME Life New

नेपाल वेयरहाउजिङ्गले डाक्यो साधारणसभा, यस्ता छन् ८ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पुस २७ गते आफ्नो पाँचौवार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले उक्त सभा विहान ११ः३० बजे एपेक्स विजनेश होटल सिनामंगलमा हुने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव, नाफा नोक्सान वाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिले स्वतन्त्र व्यावसायिक सञ्चालक पद एकमा नियुक्त गर्नका लागि मनोनयन गरेको व्यक्तिको नाम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिमा शेयरधनीहरुबाट प्रतिनिधित्त्व गर्ने छ जना सदस्यहरुलाई अर्को चार वर्षे कार्यकालको लागि निर्वाचन गर्ने, प्रारम्भिक सार्वजनिक निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजीमा भएको बृद्धिलाई कम्पनीको प्रवन्धपत्रको सम्वन्धित दफा उपदफामा संशोधन मिलान गर्ने र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थपघट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्नछ ।

सभाले कम्पनीको सञ्चालक समिति र विषय समितिको वैठकमा भाग लिने सञ्चालकहरु तथा विषय समितिका संयोजक र सदस्य (सञ्चालक)लाई वैठकमा भाग लिए वापत वैठक भत्ता उपलव्ध गराउने विषय सम्वन्धी प्रस्ताव र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थपघट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको परियोजना निर्माण कार्यका लागि थप पर्न जाने ऋण रकम वैंक तथा वित्तीय संस्था वा निकाय वा अन्य कुनै संगठित निकाय बाट कम्पनीको उद्देश्य र हित अनुकूल हुने गरी प्राप्त गर्ने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS