IME Life New

ग्याँस गिजर र हिटरको प्रयोग गर्दै हुनुहुन्छ? सावधान निस्सासिएर ज्यानै जान सक्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम चिसिएसँगै वातावरणमा रहेको सबै जसो वस्तुको तापक्रम झरेको छ। कोठा न्यानो बनाउनका लागि हिटर र स्नान घरमा तातो पानीको लागि गिजरको प्रयोग पनि बढ्दै गएको छ। स्नान घरभित्र तातो पानीको सहज जोहो गर्नका लागि गिजरको प्रयोग विशेषगरी शहरी क्षेत्रका उपभोक्ता माझ बढ्दै गएको छ।

बिजुलीबाट चल्ने गिजर र ग्याँसबाट चल्ने गिजर समेत बजारमा दुई वटा विकल्प उपलब्ध छन् । शुरुवाती लागतका हिसाबले बिजुलीबाट चल्ने गिजरको तुलनामा ग्याँस गिजर सस्तो विकल्प हो । त्यसैले यो धेरैको रोजाईमा पर्ने गरेको छ। सहजै जडान गर्न सकिने भएकाले घरमा खाना पकाउन ग्याँसको प्रयोग गर्नेहरुको पहिलो रोजाईमा ग्याँस गिजर पर्नु स्वाभाविकै पनि हो । ग्याँस गिजरको प्रयोग जति सहज छ, त्यत्ति नै जोखिमपूर्ण पनि छ । यसको प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउन नसक्ने हो भने मान्छेको ज्यानै समेत जान सक्छ ।

Esewa
Crest

भोटेबहालदेखि महाबौद्धसम्मको बजारमा २ हजार२०० देखि ८ हजार ५ सय रुपैयाँ मूल्य सम्मका ग्याँस गिजर र हिटर उपलब्ध छन्ब । तुलनात्मकरुपमा कम ऊर्जा खपत गर्ने हिटर वा गिजर खोज्ने ग्राहक धेरै हुन्छन् ।

कोठाको झ्याल ढोका बन्द गरेर हिटरको न्यानो ताप्ने हो भने कोठाभित्र अक्सिजनको मात्रा कमी भएर प्रयोगकर्ताहरु निस्सासिएर ज्यान जानसक्छ।हिटर बाल्दा हिटरको तातोले कार्बन–मोनोअक्साइड र कार्बन–डाइअक्साइड विषाक्त ग्याँस उत्सर्जन गर्ने भएकाले यो मानिसको शरिरका लागि घातक हुन्छ ।कार्बन–मोनोअक्साइड फोक्सोमा आउने रगतको हेमोग्लोबिनसँग मिसिएर कार्बोक्सी–हेमोग्लोबिन बन्छ र रगतका माध्यमबाट शरीरभरि फैलिन्छ । हेमोग्लोबिनको काम अक्सिजन लिएर जाने भएपनि श्वाँस प्रश्वासको माध्यमबाट फोक्सोले रगतमा कार्बन–मोनोअक्साइड प्रवाह गरेपछि हेमोग्लोबिनको माध्यमबाट यो विष रगतसँगै शरीरमा फैलिएपछि अक्सिजनको कमी हुन्छ र बन्द कोठामा बसेका मानिस बेहोस हुने वा लठ्ठिने भएर आफ्नै उद्धार समेत गर्न नसक्ने अवस्थामा पुग्छन् ।

गिजर र हिटरको प्रयोग गर्दा प्रयोगकर्ताले पर्याप्त सावधानी अपनाउनुपर्छः

हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीः

  • हिटरको प्रयोग गर्दा कोठाको झ्याल खुल्ला राख्नुपर्छ।
  • सकेसम्म ठूलो क्षेत्रफल भएको कोठामा हिटरको प्रयोग गर्नुपर्छ।
  • घरमा नवजात शिशु वा साना बालबालिका छन् भने जहिले पनि बाटा वा बाल्टिनमा पानी भरेर हिटर नजिकै राखेर हिटर ताप्नुपर्छ, यसले कोठामा नमी कायम राख्न मद्दत गर्छ।
  • जाडो भयो भन्दै दिनैभर वा रातै भर हिटर प्रयोग गर्ने प्रवृत्ती पनि स्वास्थ्य र मानव जीवन दुबैका लागि घातक हुनसक्छ। त्यसैले कोठालाई न्यानो पारि सकेपछि हिटर बन्द गर्नु उपयुक्त हुन्छ।
  • विशेषगरी राति सुत्ने समयमा हिटर बालेर निदाउँदा दुर्घटना हुने जोखिम हुने भएकाले सकेसम्म निदाउनु अघि नै हिटर बन्द गर्नु उपयुक्त हुन्छ।हिटर बन्द गर्न सकिने अवस्था छैन भने कोठाभित्र ताजा हावा आउजाउ गर्ने गरी झ्याल खुल्ला राख्नुपर्छ।

ग्याँस गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीः

  • गिजरलाई स्नान घर( बाथरुम ) बाहिर जडान गरेर पानीको पाइप मात्र बाथरुमभित्र लैजाने ।
  • बाथरूम भित्रै जडान गर्नुपर्ने अवस्था भएमा ग्याँस सिलिण्डरलाई बाथरुम बाहिर राख्ने ।
  • सिलिण्डर र गिजर दुबै बाथरुम भित्रै राखेर प्रयोग गर्नुपर्ने बाध्यता छ भने नुहाउनु अघि भाँडोमा तातो पानी भर्ने र गिजर बन्द गरेर मात्र बाथरुममा प्रवेश गर्ने ।
  • बाथरुममा कहिल्यै पनि झ्याल पुरै बन्द गरेर ननुहाउने, केही न केही उपाय गरेर झ्यालको पल्ला खुल्ला राख्ने ।
  • गिजरमा कहिले काहिँ अत्यधिक प्रज्वलनका कारण आगलागी भएर दुर्घटना हुनसक्छ,त्यसैले गिजर चलाउँदा सकेसम्म कोही अर्को व्यक्तिको उपस्थितिमा प्रयोग गर्ने नभए गिजर अन गर्दा गिजरबाट आगोको प्रज्वलनको अवस्था सामान्य भए नभएको ध्यान दिने ।
  • केही जोखिम देखिएमा तत्कालै ग्याँस सिलिण्डरमा रेगुलेटर बन्द गर्ने ।
  • ग्याँस गिजरमा प्रयोग गरिएको पाइप र पाइप कस्न प्रयोग गर्ने क्लिपहरु समय समयमा फेर्ने
  • ग्याँस गिजर प्रयोगमा नभएको बेला सिलिण्डरको रेगुलेटर बन्द गर्ने।
  • ग्याँस गिजरको ब्याट्रीको अवस्था ठीक भए नभएको सुनिश्चित गर्ने, गुणस्तरिय ब्याट्रीको प्रयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS