काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोल्टी होटेल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।
कम्पनीको ५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८२ रुपैयाँ ८६ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०७ रुपैयाँ थियो । सोही मुल्यको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो ।
होटलको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८० को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।