IME Life New

नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामु पौडेल चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो। मंगलबार औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।

Esewa
Crest

राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो। पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS