IME Life New

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्ने समझदारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

धुलिखेल । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ।

विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सोमबार आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले हस्ताक्षर गरे। समदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन्। समझदारी ५ वर्षका लागि मान्य हुनेछ।

Crest

समझदारी हस्ताक्षर कार्यक्रममा उपकुलपति थापाले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्साक्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए। ‘नेपालमा २०७२ सालको भूकम्प र कोभिड महामरीका बेला स्वास्थ्यकर्मीको महङ्खव झन् उजागर भयो। अब प्रविधिको व्यापक प्रयोग गर्दे नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्त बनाउनुपर्ने आवश्यकता छ। त्यसतर्फ आजको सहकार्यले विशेष भूमिका खेल्नेछ’, थापाले भने।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा अच्युत वाग्लेले यो सहकार्य सबैका लागि सुखद हुने बताए। ‘नेपालको चिकित्सा क्षेत्रमा झण्डै ५० प्रतिशत जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको छ, र यो जनशक्तिले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता पाएको छ’, वाग्लेले भने, ‘नेपाल प्रहरी अस्पतालसँगहको अबको सहकार्य ऐतिहासिक हुनेछ।’

प्रहरी महानिरीक्षक कुँवरले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए। ‘नेपाल प्रहरीको शैक्षिक सुधार एवं पाठ्यक्रम गुणस्तर वृद्धि, नेपाल प्रहरीका शिक्षकहरुको गुणस्तर र कार्य सम्पादनमा यसबाट सहयोग पुग्नेछ’, कुँवरले भने, ‘यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्न, पोष्टग्राजुएट कक्षा शुरु गर्न र दुवै पक्षबीच रहेको ज्ञान,क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जान मार्ग प्रशस्त भएको छ।’

कार्यक्रममा विश्वविद्यालयका चिकित्सा शाष्त्र संकायका डिन प्राडा मनेज हुमागाईं तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलगायत विश्वविद्यालयका विभिन्न सङ्कायका डिन, विभागीय प्रमुख तथा प्रहरीका उच्च अधिकारीहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS