Connect IPS
IME Life

सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन कोशीका मुख्यमन्त्री कार्कीको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । प्राधिकरणको आयोजनामा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले किसानले बीमा दाबी नपाउने तर ठूला बीमितले भने सजिलै पाउने अवस्थाले बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै विदेशको नक्कल नगरी देशको भौगोलिक अवस्था तथा नागरिकको आवश्यकता आधारमा बीमालेख ल्याउन र बीमालेखमा ‘वा, तर’ जस्ता शब्द प्रयोग नगरी यथार्थ वाक्याङ्श राखी सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन सुझाव दिए ।

Prabhu
Crest

कार्कीले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तारका लागि कानूनी र नीतिगत व्यवस्थाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भने, “बीमा कम्पनीहरूले लोभलालच देखाएर वा प्रभावित पारेर बीमा गर्नु भएन, बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुप-यो, स्वतःस्फूर्त रूपले बीमा गर्न पाउने अवस्था सिर्जना गर्नुप-यो ।”

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS