IME Life New

कोशी प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तारका लागि कानूनी र नीतिगत व्यवस्थाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

मुख्यमन्त्री कार्कीले भने, “बीमा कम्पनीहरूले लोभलालच देखाएर वा प्रभावित पारेर बीमा गर्नु भएन, बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुप¥यो, स्वतःस्फूर्त रूपले बीमा गर्न पाउने अवस्था सिर्जना गर्नुप-यो ।” मुख्यमन्त्री कार्कीले किसानले बीमा दाबी नपाउने तर ठूला बीमितले भने सजिलै पाउने अवस्थाले बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै विदेशको नक्कल नगरी देशको भौगोलिक अवस्था तथा नागरिकको आवश्यकता आधारमा बीमालेख ल्याउन र बीमालेखमा ‘वा, तर’ जस्ता शब्द प्रयोग नगरी यथार्थ वाक्याङ्श राखी सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन सुझाव दिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले भने, “बीमा अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा चल्छ, बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, बाहिर आए जस्तो दाबी भुक्तानीमा समस्या छैन, बीमा कम्पनीहरूबाट ७० प्रतिशतभन्दा बढीको दाबी भुक्तानी भइसकेको तथ्याङ्क छ ।”

देशको भौगोलिक आवश्यकताका आधारमा बीमालेख ल्याउन सहयोग गर्ने उल्लेख गर्दैै अध्यक्ष सिलवालले भने, “सरकारले सबै दायित्व लिन सक्दैन, बीमा मार्फत थोरै रकममा दायित्व हस्तान्तरण गर्न सकिन्छ, प्रदेश सरकारको पनि यसतर्फ ध्यान जानुप-यो, प्रदेश बीमा नीति ल्याउनुप-यो, बीमा नीति तर्जूमामा सहयोग गर्न प्राधिकरण तयार छ ।”,

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् दायर विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरू, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS