IME Life New

मर्जर र एफपीओबाट एकैदिन रु. ११ अर्ब बढी कर संकलन, राजस्व काउन्टर शनिबार पनि खुलै रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा आज शुक्रबार एकैदिन ११ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ।

सर्वोच्च अदालतले बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। यो निर्णय बैंक बैंक तथा बीमा कम्पनीहरुले आज एकैदिन ११ अर्ब ३ करोड रुपैयाँ कर जम्मा गरेको अर्थ मन्त्रालयले जनाएको छ।

Esewa
Crest

आन्तरिक राजस्व विभागको आग्रहमा नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि राजस्व संकलन गर्ने सबै बैंकहरुको शाखा र काउन्टर खुला गर्न आज निर्देशन दिइसकेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझबुझ पूर्ण निर्णय गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए। यसरी संवैधानिक व्यवस्थाविपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्बरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए।

सरकारको उक्त निर्णयविरुद्ध परमादेश माग गर्दै बैंकर र बीमकले सर्वोच्चमा रिट दायर गरेका थिए। यसरी सरकारले कर उठाउन पाएको अवस्थामा बजारबाट सरकारलाई करिव ४० अर्व रुपैयाँ कर उठ्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS