IME Life New

नेपालको पूँजीबजार सस्टेनेबल बनाउनुपर्छ: अध्यक्ष हमाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको पूँजीबजार दीगो  बनाउनुपर्ने बताएका छन् । नबिल स्टक डिलरको औपचारिक कारोबार आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले नेपालको पूँजी बजारमा काम गर्ने प्रणालीलाई परिमार्जन गरी बजार दीगो बनाउनुपर्ने बताएका हुन् । उनले नियामक निकायको निर्देशन बमोजिम काम गर्न पूँजी बजारका सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

‘बजारमा नयाँ नयाँ प्रणाली ल्याएर काम गर्नुपर्छ अनि मात्रै बजारको दिगो विकास हुने सम्भावना हुन्छ’, उनले  भने।

Esewa
Crest

हमालले स्ट्यान्डर्ड रिपोर्टिङ माघबाट नै लागू गर्ने बताएका छन् । ‘लक इन पिरियडका सम्बन्धमा  बोर्डले राम्रो गरेको छ । यसले लगानीकर्ताहरुलाई सहज हुने भएको छ । लगानीकर्तालाई सहज हुने गरी पूँजी बजार क्षेत्रमा काम गर्नुपर्छ भन्न हाम्रो प्रयास रहँदै आएको छ’, उनले  भने।

आफ्नो कार्यकालका उपलब्धी उल्लेख गर्दै उनले भने, ‘मेरो अन्तिम कार्य दिनसम्म पनि मैले बजारलाई राम्रो हुने ढङगले काम गर्नेछु । मैले बोर्डमा प्रवेश गर्दा गरेको कार्य योजना अनुरुप नै मैले काम सम्पादन गर्दै आइरहेको छु । बजारमा लगानीकर्ताहरुलाई राम्रो हुने नीति लिएर काम गर्न सकियो भने मात्रै बजारले गति लिन्छ ।’

‘धितोपत्र बोर्डले जे नीति लिएको छ । त्यो देशको आर्थिक विकासमा टेवा पुग्ने हेतुले नै गरेको हुन्छ । यसमा लगानीकर्ता ढुक्क भए हुन्छ । बोर्डले जहिले पनि आम लगानीकर्ताको हितका लागि नै कार्य गरेको हुन्छ’, हमालले भने, ‘बजारलाई खुला छोड्नुपर्छ उनले भने सरकारको कडा नीतिले बजार फस्टाउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS