IME Life New

शेयर बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ४ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा बन्द भएको छ।

सामान्य अंकले बढेको बजारमा आज १४० कम्पनीको शेयरभाउ बढेको छ भने ९१ वटाको घटेको छ। १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृत ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर ३ अर्ब १५ करोड ६३ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ४ वटा बीमा कम्पनी छन्। सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको आज शीर्ष १० भित्र रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्स पनि पर्न सफल भएका हुन्।

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

  • सोनापुर मिनरल्सः १६ करोड ४ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ११ करोड ४९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड १३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड १२ लाख रुपैयाँ
  • आइएमई लाइफः ७ करोड ७५ लाख रुपैयाँ
  • सिटिजन लाइफः ५ करोड ५८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६ करोड ७९ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः ६ करोड ३२ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ६ करोड ११ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः ५ करोड ४२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS