IME Life New

सिटी होटेलले लाभांश नदिने, वार्षिक साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटेलले २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

होटेल सञ्चालक समितिको बुधबार (मंसिर २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित छलफल गरी पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। योसँगै अब सिटी होटेलका शेयरधनीहरुले बोनस शेयर र नगद लाभांश पाउने छैनन्।

Esewa
Crest

यसैगरी बैठकले आठौँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले होटेलको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ होटेलले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटेलको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS