IME Life New

तीन दिनभित्र वित्तीय विवरण पेस गर्न कम्पनीहरुलाई नेप्सेको निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई ३ दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ।

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै केही कम्पनीहरुले अझै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस गरेकोले ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो। तोकिएको अवधिभित्र नेप्सेले उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय विवरणहरु अपलोड गर्न नेप्सेले निर्देशन दिएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र वित्तीय विवरणहरु अपलोड नगर्ने कम्पनीहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले चेतावनी दिएको छ।

उक्त विनियमावलीबमोजिम संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु सो विनियमावलीले निर्दिष्ट गरेको समयभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS