IME Life New

बीमा प्राधिकरण मधेश प्रदेशद्धारा सम्सी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० /८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मंसिर २१ गते महोत्तरी जिल्लाको सम्सी गाउँपालिकासंग, गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्र र विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहित करिब ७३ जना भन्दा बढीको सहभागिता रहेको थियो।

प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारे आफ्नो प्रस्तुति प्रस्तुतिकरण दिएका थिए ।

प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले बीमा प्रति नागरिकहरुमा चेतनाको कमी रहेको र बीमा प्रति स्वेच्छिक सहभागिता नरहेको कुरा व्यक्त गरे ।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका अतिथि सम्सी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले पालिकाको पहलमा आयोजना हुनुपर्ने कार्यक्रम प्राधिकरणकै अगुवाईमा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

बीमाको बारे कम जानकारी भएको र उक्त कार्यक्रमबाट आफू समेत सचेत भएको र पालिकाले आगामी वार्षिक बजेटमा बीमालाई प्राथमिकतामा राख्ने र चालु आ।व का लागि सम्भव भए सम्म अन्य श्रोतबाट कृषि बीमालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो साथै बीमा सम्बन्धी सूचनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्ड पालिका आसपासका क्षेत्रमा राख्न प्राधिकरणलाई अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि सम्सी गाउँपालिकाका अध्यक्षले नागरिकमा बीमा चेतनाको कमी रहेको, दावी भुक्तानी प्रक्रिया ज्यादै झन्झटिलो रहेको, बीमामा स्वेच्छिक सहभागिता कमजोर रहेको, कतिपय अभिकर्ताहरुमा बीमा सम्बन्धी पर्याप्त ज्ञान नहुँदा बीमाबाट प्राप्त हुने सेवा सुविधाको गलत प्रचार भई नागरिकहरुमा बीमा सम्बन्धी गलत बुझाई बढेको कुरा व्यक्त गर्नु भयो साथै यस्ता समस्याहरुको बीमा प्रधिकरण, स्थानीय सरकार र बीमक समेतको सहकार्यमा समाधान गरि बीमा साक्षरता अभिवृद्धि मार्फत बीमाको दायरा बढाउन आवश्यक रहेको र पालिकाले समेत आगामी बजेटमा बीमाको लागि श्रोत विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमा साक्षरता अभिवृद्धि गर्न प्राधिकरणले विभिन्न निकाय तथा सरकारहरुसंग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिरहेको साथै विभिन्न क्षेत्रमा बीमा सम्बन्धी सूचनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्ड राख्ने कार्यको प्रारम्भ भएको, दक्ष अभिकर्तालाई बीमा व्यवसायमा भित्र्याउन प्राधिकरणबाटै परीक्षा सञ्चालन गर्ने प्रणालि विकास भएको कुरा व्यक्त गरिन् ।

कार्यक्रममा उपस्थित बीमा कम्पनीका प्रतिनिधिहरुलाई पालिकासंग सम्पर्कमा रहि पालिकालाई बीमा सम्बन्धमा आवश्यक प्राविधिक लगायतका परामर्श प्रदान गर्न र पालकिकासंगको सहकार्यमा बीमाको साक्षरता अभिवृद्धि र दायरा विस्तारको क्षेत्रमा कार्य गर्न निर्देशन दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS